बैतडीको पाटनकी सिम्रन पन्तको उपचारमा आर्थीक समस्या भएको छ। ब्लड क्यान्सर पिडित ११ वर्षीया पन्तको उपचारमा आर्थीक संकट आएको बुवा हेमराज पन्तले बताउनुभयो।
कक्षा ४ मा अध्ययनरत पन्तको हाल चितवन स्थित बिपि कोईराला अस्पतालमा उपचार भईरहेको छ। पारिवारीक आर्थिक अवस्था कमजोर भएकाले छोरीको उपचारको लागि सकेको सहयोग गरिदिन बुवा हेमराज पन्तले आग्रह गर्नुभएको छ।
आफुसंग भएको पैसा सबै सकिएको र अबको उपचारमा समस्या भएकाले छोरीको ज्यान बचाईदिन मनकारी ब्यक्तिहरुलाई बुवा हेमराजले अनुरोध गर्नुभएको छ।
सहयोगका लागि तलको स्क्यानरमा गर्न सकिने छ।
