मेलौली भगवती मन्दिरमा निमार्णाधीन संरचनाहरु यथाशिघ्र सम्पन्न गर्न ध्यानाकर्षण

बैतडी : बैतडी सहित सुदूरपश्चिमकै प्रसिद्ध मेलौली भगवती मन्दिरमा निमार्णाधीन संरचनाहरु यथाशिघ्र सम्पन्न गर्न ध्यानाकर्षण गरिएको छ। मेलौली धार्मीक सेवा समितिले सोमबार मेलौली नगरपालिकालाई ध्यानाकर्षण गरिएको छ।

मन्दिरमा संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय र मेलौली नगरपालिकाको लागत साझेदारीमा नगरपालिकाद्धारा ठेक्का प्रकृयाबाट केहि संरचनाहरु निमार्णाधीन अवस्थामा रहेका छन। मेलौली मन्दिर जाने बाटो, कम्पाउण्ड वाल र गेट लगायतका संरचनाहरुको निर्माण कार्यमा ढिलाई भएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण गरिएको जनाईएको छ।

अधुरा तथा अलपत्र अवस्थामा रहेका संरचनाहरुको निर्माण कार्य यहि अषाढ मसान्तभित्र काम सम्पन्न गर्न ध्यानाकर्षण गरिएको मेलौली धार्मीक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताउनुभयो। निमार्णाधीन संरचना निर्माणमा ढिलासुस्ती हुदाँ मन्दिर परिसरको सुरक्षा, संवर्धन तथा सौन्दर्यतामा समेत असर परेको उहाँले बताउनुभयो।

संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयबाट ४ करोड ५५ लाँख र मेलौली नगरपालिकाको २ करोड ४५ लाँख गरि ७ करोडको लागत साझेदारीमा संरचनाहरु निमार्ण सुरु गरिएको थियो। संरचनाहरुको निमार्ण कार्यको जिम्मा न्यू श्रीकेदार निमार्ण सेवाले ठेक्का मार्फत पाएको थियो। 

नगर प्रमुख भिम बहादुर चन्दलाई ध्यानाकर्षण पत्र बुझाईएको छ। यसैगरी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नगर उप–प्रमुख पावती बोहरा बिष्ट, मेलौली १ वडाध्यक्ष शरदसिह नेगी, वडा नं. २ का वडाध्यक्ष कृष्ण दत्त भट्ट, वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र भट्ट, वडा नं. ८ का वडाध्यक्ष तपेन्द्र सिह बिष्ट, कार्यपालिका सदस्य सुरेश परियार, वडा नं. ५ का कार्यबहाक वडाध्यक्ष प्रेम बहादुर चन्दको उपस्थिति रहेको थियो।

No description available.

Leave A Reply

Your email address will not be published.