बैतडीको मेलौली–०१ मा सुत्केरी महिलालाई उप-मेयरको कोसेली वितरण

बैतडीको मेलौली नगरपालिकाले सुत्केरी महिलाहरुलाई उपमेयरको कोसेली वितरण गरिरहेको छ। उपमेयरसँग सुत्केरी महिला कार्यक्रम अन्तर्गत मेलौली १ का सुत्केरी महिलाहरुलाई सोमबार झोला, साबुन, ब्रस, कलकेट, नेलकटर लगायत सरसफाइका सामग्री वितरण गरिएको हो।

यसैगरी नगरका अन्य वडाका सुत्केरी महिलाहरुलाई पनि कोसेली उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख मोहन सिंह भाटले बताउनुभयो। सरसफाई गर्ने बानीको विकास होस भन्ने उद्धेश्यले सामाग्री वितरण गरिएको नगर उपप्रमुख पार्वती बोहोराले बताइन।

स्वास्थ्य संस्थाको सेवा बृद्धी, उपचार, एम्बुलेन्स सेवा, शिविर जस्ता नगरपालिकाले विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभभयो।

Leave A Reply

Your email address will not be published.