बैतडीको दशरथचन्दमा लैङ्गिक समानताका लागि संवाद कार्यक्रम सम्पन्न

बैतडीको दशरथचन्द नगरपालिकाले नगरभित्रका धार्मिक अगुवा, बुद्धिजीवी तथा सरोकारवालाहरुसंग लैङ्गिक समानताका लागि संवाद कार्यक्रम सम्पन्न गरेको छ। नगरभित्र लैङ्गिक समानताका अवस्था केछ र समानताको लागि के गर्नु पर्दछ भन्ने विषयमा छलफल गरिएको थियो। अझैपनी समाजमा पुर्ण रुपमा लैङ्गिक समानता नभएपनी गाउँघरमा बिस्तारै बिस्तारै समानता आउन लागेको सरोकारवालाहरूको भनाइ छ।

समाजिक रुपमा हुने हिंसा न्यूनीकरण र लैङ्गिक समानताको लागि विभिन्न कार्यक्रम सङ्गै मनोसमाजिककर्ता को व्यवस्ता समेत गरिएको नगरप्रमुख पुष्कर राज जोशिले बताउनुभयो। धार्मिक अगुवा व्यक्तिको समाजमा ठूलो प्रभाव पर्नेहुदा धार्मिक अगुवा व्यक्ति र बुद्धिजीवी सङ्ग कार्यक्रम गरिएको नगर उप–प्रमुख कौसिला चन्दले बताउनुभयो।

उप–प्रमुख चन्दले हिंसा न्यूनीकरण र लैङ्गिक समानताको लागि सबैले आ आफ्नो ठाउँबाट नगरपालिकाको यो अभियान लाई सहयोग गरिदिन हुन आग्रह गर्नुभयो। कार्यक्रम दशरथचन्द नगरपालिका महिला शाखाको सहजीकरण र नगरपालिकाको आयोजनामा गरिएको थियो।

Leave A Reply

Your email address will not be published.