बैतडीको मेलौलीका सम्पूर्ण माध्यमिक विद्यालयहरुको कार्यसम्पादन परिक्षण नतिजामा मणिलेक मावि पहिलो स्थानमा आएको छ। १२ वटा सामुदायिक विद्यालयहरुको परिक्षण पश्चात नतिजा सार्वजनीक गरिएको कम्प्युटर अपरेटर महेन्द्रसिह नायकले बताउनुभयो।
शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमी भक्तपुरबाट आर्थीक वर्ष २०८१/०८२ मा मेलौली नगरपालिका भरीका माध्यमिक सामुदायिक विद्यालयहरुको कार्यसम्पादन परिक्षण गरिएको हो। कार्यसम्पादन परिक्षणमा पहिलो भएको मणिलेक माविको ७३.९२ प्रतिसत अकं आएको हो।
यसैगरी कार्यसम्पादन परिक्षणमा धर्मघर मावि सलेना द्धित्तीय भएको छ। उसले ६३.८३ प्रतिसत अकं ल्याएको छ भने तृतीय भएको जगदम्वम मावि हतरंगाले ६२.२३ प्रतिसत अकं ल्याएको प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दले बताउनुभयो।
शितलपुर माविले ५८.४२ प्रतिसत, केदारेश्वर मावि दुर्गास्थानले ५७.२७ प्रतिसत, सुदर्शन मावि लिखोडाले ४१.२५ प्रतिसत, प्रितिपुर मावि लेकले ५१.३१ प्रतिसत, बिजयपुर मावि तिताबैले ४९.५१ प्रतिसत, दुर्गा मावि खलिगाडले ५४.७१ प्रतिसत, भरतपुर मावि गाउँकोटले ५०.५९ प्रतिसत, कमलपुर मावि कोटिगाउँले ५१.९३ प्रतिसत र बिशालपुर मावि बिशालपुरले ५५.०१ प्रतिसत अकं ल्याएको कम्प्युटर अपरेटर नायकले जानकारी दिनुभयो।
