बैतडी : मेलौली नगरपालिका–०८ कोटिगाउँ बसन्तपुरमा युवाहरुको संगठन गठन गरिएको छ। निलपाल सामुदायिक युवा संगठनको नामले संगठन गठन गरिएको हो।
बसन्तपुरी समाजको हितको लागि संगठन गठन गरिएको जनाईएको छ। संगठनको अध्यक्षमा गौतम राम लुहार, सचिवमा दिपक राम लुहार, कोषाध्यक्षमा खकेन्द्र राम लुहार लगायत १९ सदस्यीय समिति चयन गरिएको छ।
समाजका सबैलाई एक ठाउँमा ल्याउने उदेश्यका साथ युवाहरुको संगठन चयन गरिएको अध्यक्ष लुहारले बताउनुभयो। पछिल्लो समयमा सबै अलग–अलग भएजस्तो आभास हुन थालेको र बसन्तपुरी समाजको रौनकतामा कमि नआवस भनेर संगठन तयार गरिएको जनाईएको छ।
संगठनले बसन्तपुरी समाजमा आपत परेकालाई सहयोगको पहल गर्ने, भाई/भाई एक हौ भन्ने सन्देश फैलाउने, हरेक समाजीक कार्यमा सबैलाई सरीक गराउने उदेश्य बोकेको छ। यसैगरी समाजमा आवश्यक कुराहरुको व्यवस्थापन पनि संगठनको माध्यमबाट गर्ने र सबै युवाहरु एकजुट भएर हरेक काममा आर्थीक, भौतीक र समाजीक रुपमा काम गर्ने उदेश्य बोकेको कोषाध्यक्ष खकेन्द्र लुहारले बताउनुभयो।
यसैगरी संगठनले आर्थीक कोष समेत खडा गरेको छ। संगठनमा आवद्ध नेपालभित्र, भारतबाट र तेस्रो मुलुकमा रहेकाहरुबाट आर्थीक संकलन गरिएको छ।
संगठनमा आवद्ध नेपालमा रहेकाहरुले २ हजार नेपाली, भारतमा रहेकाहरुले ५ हजार नेपाली र तेस्रो मुलुकमा रहेकाहरुबाट प्रतिब्यक्ति १० हजार संकलन गरिएको छ। संकलन गरिएको रकम तत्कालको लागि बिशालपुर कृषि बहुउदेश्यीय सहकारी संस्थामा जम्मा गरिएको छ। संगठनले तोकेको शुल्क बसन्तपुरी समाजका युवाहरुले दिने क्रम चलिरहेको छ।
संगठनले मासिक रुपमा अनलाईन बैठक बसालेर मासिक बचत समेत गर्ने निणर्य गरेको छ। बचत गरिएको रकम बसन्तपुरी समाजमा समस्या परेकाहरुले चलाउन पाउने छन।
बसन्तपुरी समाज अन्तर्गत बसन्तपुर, पल्लि बसुला, मुसिगैर, लेक, माडौं, तल्लि/मल्लि समराडी, सिमलटोल, कुसेकनला र राडिल टोलका करिब एकसय युवाहरु रहेका छन। जो जाहा भएपनि समाजिक सञ्जालको माध्यमबाट समाजको हितका लागि कार्य गर्ने योजना रहेको छ।
समितिको सदस्यहरुमा अकबर राम लुहार, मनिस राम लुहार, बिक्रम राम लुहार (लेक), हिमन्त राम लुहार, महेश राम लुहार, संजय राम लुहार, बिनोद राम तिर्वा, बिक्रम राम लुहार (नयाँ), प्रशान्त राम लुहार, रोशन राम लुहार, रतन राम लुहार, महेश कुमार मायालु, लक्ष्मण राम लुहार, दिपेन्द्र राम लुहार (नयाँ) राजेश राम लुहार (रज्जि) जगदिश राम लुहार (लाल जी) चयन गरिएको छ। समिति निलपाल सामुदायिक विकासको घरमा जेष्ठ सदस्य कृष्णराम लुहारको अध्यक्षता तथा दलित वडासदस्य भागरथी लुहारको प्रमुख आतिथ्यमा आमभेला मार्फत चयन गरिएको हो।
युवाहरुको संठगन प्रति बसन्तपुरी समाजका अगुवाहरु सकारत्मक देखिएका छन। बसन्तपुर समाजका अगुवाहरु शिक्षक मन्धिर राम लुहार, शिक्षक बिरुवा राम लुहार, अकबर राम लुहार लगायतले पूर्ण समर्थन गर्नुुभएको छ।
समिति चयन गरेको पहिलो चरणमै लाँखौ रुपया संकलन गरि समाज निमार्ण र एकरुपता ल्याउने कार्य प्रति सबै सकारात्मक देखिएका छन। युवाहरुको काममा अगुवाहरुले साथ सहयोग र सल्लाह सुझाव दिने बताएका छन।