बैतडी: नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसियल) बैतडी अध्यक्षमा तर्कसिंह ठगुन्ना चयन भएका छन्। पाटनमा सम्पन्न दोश्रो जिल्ला सम्मेलनले ठगुन्नाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।
कमिटीको उपाध्यक्षमा दानसिंह माल, प्रेम कार्की र यशोदा कार्की, सचिवमा कृष्ण पन्त, कोषाध्यक्षमा हेमन्ती जोशी, सहसचिवमा विनोद चन्द लगायत अन्य सदस्यहरु चयन भएका अध्यक्ष ठगुन्नाले बताए।वाइसियलको जिल्ला अध्यक्षमा चयन भएका ठगुन्ना नेकपा माओवादी केन्द्रको पाटन नगर कमिटि अध्यक्ष समेत भइसकेका व्यक्ति हुन्। उनी अहिले पाटन नगरपालिका वडा नं १ को वडा अध्यक्ष समेत रहेका छन्। २०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडा नं १ को वडा अध्यक्षमा निर्वाचित भएका थिए।
बुधबार पाटनमा सम्पन्न भएको सम्मेलनमा नेकपा माओवादी केन्द्र बैतडीका इञ्चार्ज नरेन्द्र कुँवर, वाइसियलका सुदूरपश्चिम अध्यक्ष नरबहादुर बिष्ट लगायतका नेता–कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।