बैतडी : बैतडीको पाटन नगरपालिका–०९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। खोपका सबै सूचांकहरु पूरा गरेको आधारमा वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो।
शुक्रवार वडाध्यक्ष कालुसिह भाट्को अध्यक्षतामा पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र टकरेका प्रमुख प्रकाश भट्टले बताउनुभयो। पूर्ण खोप सुनिश्चितताका लागि गर्नुपर्ने सम्पूर्ण प्रकृयाहरु पुरा गरी वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको उहाले जानकारी दिनुभयो।
राष्ट्रिय खोप तालिका अनुसार १५ महिनाको उमेर भित्र र १६ महिनादेखी ५९ महिनासम्मको बालबालिकाले सम्पूर्ण खोप प्राप्त गरिसकेकाले वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो।