मेलौलीमा एकदिने बाख्रा पालन तालिम सम्पन्न

बैतडी : मेलौलीको काडाँ बजारमा एकदिने बाख्रा पालन सम्वन्धी तालिम सम्पन्न भएको छ। डिप्रोक्स लद्युवित्त बित्तीय संस्था लिमिटेडको आयोजनामा तालिम सञ्चालन गरिएको शाखा प्रमुख हरिकृष्ण साउदले बताउनुभयो।

डिप्रोक्स लद्युवित्त बित्तीय संस्था लिमिटेडमा आवद्ध सदस्यहरुको क्षमता विकास तथा व्यवसाय प्रवद्र्धनका लागि तालिम सञ्चालन गरिएको जनाईएको छ। तालिममा बाख्रा पालनको परिचय, महत्व, बजार व्यवस्थापन, रोग नियन्त्रण, हेरचाह, खोर व्यवस्थापन लगायतका बिषयहरुमा प्रशिक्षण गरिएको शाखा प्रमुख साउदले जानकारी दिनुभयो।

तालिममा सहभागिहरुलाई पशु प्राविधिक खेमराज जोशीले प्रशिक्षण दिनुभएको थियो। तालिममा करिव ७० जना सहभागि भएका थिए।

मेलौली नगरपालिकाका कार्यपालिका सदस्य धना तिरुवाको अध्यक्षतामा तालिम सञ्चालन गरिएको थियो। यसैगरी कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालिका–०९ का वडाध्यक्ष लोकराज भट्ट र बिशिष्ट अतिथि डिप्रोक्स लद्युवित्त बित्तीय संस्थाका सुदूरपश्चि ईन्चार्ज निलराज ढकाल रहनु भएको थियो।

No description available.

Leave A Reply

Your email address will not be published.