बैतडी : मेलौलीमा आधरभुत तह (कक्षा–८) को ग्रेड्वृद्धि परीक्षा जेठ ३ र ४ गते हुने भएको छ। शिक्षक आन्दोलनका कारण स्थगित भएको ग्रेड्वृद्धि परिक्षा जेठ ३ र ४ गते सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दले बताउनुभयो।
यसअघि वैशाख १५ र १६ गतेदेखि हुने भनिएको उक्त परीक्षा शिक्षकहरुको आन्दोलनका कारण स्थगित गरिएको थियो। परीक्षामा बढीमा दुई बिषयमा ननग्रेड ल्याएका विद्यार्थीहरुका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
ग्रेड्वृद्धि परीक्षाका आवेदन फारमहरु शिक्षा युवा तथा खेलकुद शाखामा नबुझाएका विद्यालयहरुलाई यहि बैसाख २३ गतेभित्र बुझान नगरपालिकाले अनुरोध गरेको छ।
