बैतडी-नेपाली काँग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघ बैतडीको प्रथम अधिवेशन बाट मदनमोहन बिष्ट जिल्ला अध्यक्षमा चयन भएका छन् ।
प्रथम अधिवेशनबाट बिष्टको अध्यक्षतामा १३ सदस्यीय लोकतान्त्रिक निर्माण व्यवसायी संघको कार्यसमिति गठन गरिएको निर्माण व्यवसायी सुरज बहादुर चन्दले बताउनुभयो ।
संघको उपाध्यक्षमा नरीसिंह भाट र बीरबहादुर गडाल चयन भएका छन् ।यस्तै महासचिवमा सुरजबहादुर चन्द, उपमहासचिवमा पुष्करराज भट्ट र केशवराज लेखक, कोषाध्यक्षमा सहदेव अवस्थी, सह-कोषाध्यक्षमा नरेश बहादुर चन्द लगायत अन्य सदस्यहरु चयन भएका संघका उपमहासचिव पुष्करराज भट्टले जानकारी दिनुभयो ।
कार्यक्रममा निर्माण व्यवसायी संघका केन्द्रीय सह-संयोजक प्रकाश सेठ्ठी, सुदूरपश्चिम प्रदेशका संयोजक मदन कुवर लगायतको उपस्थित रहेको निमार्ण व्यवसायी केशवराज लेखकले बताउनुभयो ।
लोकतान्त्रिक निर्माण व्यवसायी संघले देशको विकास निर्माणमा महत्त्वपूर्ण भुमिका रहेको निर्माण व्यवसायी बैतडीका अध्यक्ष मदनमोहन बिष्टले बताउनुभयो ।
लोकतान्त्रिक निर्माण व्यवसायीका निर्माणका क्रमा आईपरेका समस्यालाई सम्बन्धि निकायलाई पहल गर्न बैतडी कांग्रेस सदैव तयार रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका क्यानका अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले बताउनुभयो ।