मुख्यमन्त्री शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीबिच भेट

कैलाल- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्।

भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहले समकक्षी योगीसँग सोमवार लखनउमा भेटवार्ता गरेका हुन्। मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ गतेदेखि भारतको औपचारिक भ्रमणमा छ।

मुख्यमन्त्री शाहको सचिवालयले सोमवार मुख्यमन्त्री शाही नेतृत्वको टोली नेपाल फर्किने बताएको छ। मुख्यमन्त्री शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग पनि भेटवार्ता गरेका थिए।

Leave A Reply

Your email address will not be published.