डोटीको जोरायल गाउँपालिकामा घुम्ती शिविर सञ्चालन हुने

बैतडी-डोटीको जोरायल गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले शुक्रबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गर्न लागेको हो ।
वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले वडा नं ४ खैगाड बाट घुम्ती शिविर सुरु गरिने गाउँपालिकाका उपाध्यक्ष जमुना बोहोराले जानकारी दिनुभयो ।

सिहंदरबरको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको बोहराको भनाइ छ । उहाँले भन्नुभयो,“गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्य हो, यसले गर्दा सेवाग्राहीलाई एकदिन छुट्याएर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य हुन्छ ।घरआँगनमै स्थानीय सरकार गएपछि जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराउन सकिन्छ ।”

गाउँपालिकाका उपाध्यक्ष बोहोराले प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाले वडास्तरमै पुगेर एकीकृत घुम्ती शिविर आयोजना गर्ने गरेको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टका अनुसार शुक्रबार बैशाख २६ गते वडा नं ४ खैगाडमा घुम्ती शिविर हुनेछ । २७ गते वडा नं ५ वडा कार्यालयमा र २८ गते वडा नं ६ वडा कार्यालयमा मा एकीकृत घुम्ती शिविर हुनेछ ।

घुम्ती शिविरबाट विषयगत शाखा अन्तर्गतका योजना तथा कार्यक्रम सम्बन्धी सहजिकरण सेवा, शिक्षा सम्बन्धी सुझाव तथा परामर्श सेवा, स्वास्थ्य÷आर्युर्वेद शाखा अन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन परामर्श , तरकारी विउविजन वितरण,बाली संरक्षण सेवा तथा बालिनाली सम्बन्धी परामर्श सेवा, पशु स्वास्थ्य परिक्षण गरिने प्रमुख प्रशाकीय अधिकृत गणेश दत्त भट्टले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.