बैतडी – बैतडीको पाटन नगरपालिका वडा नम्बर -१ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच वडा नम्बर १लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
स्वास्थ्यकर्मीहरू वडाका प्रत्येक घरधुरीमा पुगेर खोपको अवस्थाबारे प्रत्यक्ष अनुगमन गरेका थिए। सबै आवश्यक खोप सुनिश्चित भएपछि वडालाई घोषणा गरिएको स्वास्थ्य चौकी प्रमुख नरेन्द्र राज भट्टराईले जानकारी दिनुभयो।
जन्मेदेखी १५ महिनामुनी बालबालिका र १५ महिनादेखी ५ वर्ष मुनिका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै पाएकाले वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले आगामी दिनमा पनि यो सुनिश्चिततालाई निरन्तरता दिने प्रतिबद्धता जनाए।