रेडियो मेलौलीका पूर्व कर्मचारी ऋतुका श्रीमान ओझाको निधन

बैतडी : सामुदायिक रेडियो मेलौली एफएमकी पूर्व कर्मचारी ऋतु ओझाका श्रीमान चूडामणि ओझाको निधन भएको छ। सशस्त्र प्रहरीका जवान ओझाको आइतवार निधन भएको हो।

बैतडीको मेलौली नगरपालिका–६ गाजरीका चूडामणि ओझाको सशस्त्र प्रहरीको अस्पताल, काठमाडौँमा उपचारका क्रममा निधन भएको छ। उनको टाउँकोको शल्यक्रिया गरिएको थियो। उनको दरबन्दी बैतडी गुल्ममा रहेको सशस्त्र प्रहरी स्रोतले बताएको छ।

शल्यक्रियापछि उनी लामो समयदेखि सशस्त्र प्रहरीको अस्पतालको आइसीयूमा उपचाररत थिए।

Leave A Reply

Your email address will not be published.