बैतडी-महाकाली नदी किनारबाट बैतडी प्रहरीले भन्सार छली गरि ल्याएको अबैध बिडी बरामद गरेको छ।
भारतबाट भन्सार छली गरि ल्याएको दुई लाख ८२ हजार मूल्य बराबरको १० पेटी बिडी बरामद गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
उक्त बिडी प्रहरी चौकी सेरा बैतडीबाट खटिई गएको प्रहरी टोलीले दशरथचन्द न.पा.६ जेवाली महाकाली किनारबाट बेवारिसे अवस्थामा बरामद गरेको हो।
बरामद गरिएको बिँडी आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइने तयारी भएको छ ।भारतसंग सीमा जोडिएको महाकाली किनार क्षेत्रमा प्रहरीले सक्रियता बढाएको छ।भन्सार छलीका सामग्री आयत हुनसक्ने अवस्थालाई मध्यनजर गरेर प्रहरी टोली खटाइएको उनले दिनुभयो ।