बैतडी-बैतडीको पाटन नगरपालिका–१ स्थित बिन्द्रावन माध्यमिक विद्यालय बयलचौराको प्रधानाध्यापकमा मोहन सिंह रावल नियुक्त भएका छन ।। विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार उनलाई प्रधानाध्यापकको जिम्मेवारी दिईएको विव्यस अध्यक्ष शेर बहादुर चन्दले बताउनुभयो ।
लामो समयदेखी शिक्षण पेशमा सक्रिय रहेका नवनियुक्त प्रधानाध्यापक रावलले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ आफु कटिबद्ध भएर लाग्ने बताउनुभयो ।
त्यस विद्यालयमा कार्यरत रहेका निम्न माध्यामिक विद्यालयका राहत अंग्रेजी शिक्षक रावललाई प्रधानाध्यापकको जिम्मेवारी दिएको शिक्षक भरत कुमार विसीले बताउनुभयो ।