बन कार्यालय स्थानिय तह,तथा बन उपभोक्ता समुह विच अन्तरक्रिया

बैतडी- बैतडीमा बन कार्यालय स्थानिय तह,तथा बन उपभोक्ता समुह विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।मंगलबार मेलौली नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । बैतडी जिल्लाका बन क्षेत्रको जानकारी बन ऐन २०७६ र बन नियमावली नीतिनियमहरू,बन र स्थानिय तहको भुमीका बारेमा अभिमुखीकरण गरिएको डिभिजन वन कार्यालयका बैतडी बन अधिकृत नरेश चन्द्र कर्णले बताउनुभयो ।

डिभिजन वन कार्यालय बैतडी र स्थानीय तहसँगको अन्तरक्रियात्मक कार्यक्रमका लागि डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरत प्रसाद भट्टले सहजीकरण गर्नुभयो । उहाँले वन सम्बन्धी नीतिनियम, वन डढेलो रोकथाम तथा नियन्त्रणको सवालमा ध्यान दिनुपर्ने कुराहरू, स्थानीय तहमा डढेलो जोखिम नियन्त्रणको अवस्था लगायतमा सहजीकरण गर्नुभएको थियो ।

कार्यवाह नगर प्रमुख तथा वडा न -७ का वडा अध्यक्ष रामचन्द्र भट्टले डिभिजन वन कार्यालयले सहजीकरण गरेको कार्यक्रमबाट वन वातावरण सम्बन्धी धेरै कुरा बुझ्ने अवसर प्राप्त भएको भन्दै यसबाट मेलौलीमा हुने वनसम्बन्धी समस्या समाधानमा सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिलाई दिइने ज्ञान सिपले समुदायका अन्य संघ, संस्थामा समेत सचेतना विस्तार गरी वन डढेलो नियन्त्रण गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष,सामुदायिक बन उपभोक्ता समुहका पदाधिकारी सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।बैतडीका नौ स्थानिय तहमा कार्यक्रम सम्पन्न भईसकेको छ ।

Leave A Reply

Your email address will not be published.