बैतडी–बैतडीको शिवनाथ गाउँपालिका वडा न ४ स्थित पिपलकोट माद्यमिक विद्यालय लोजनीको प्रधानाध्यापकमा दामोदर ओझा नियुक्त भएका छन ।
त्यस विद्यालयमा कार्यरत रहेका निम्न माध्यामिक तहका शिक्षक ओझालाई प्रधानाध्यापकको जिम्मेवारी दिएको विद्यालयका लेखापाल विरेन्द्र साउँदले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार उनलाई प्रधानाध्यापकको जिम्मेवारी दिईएको उनले बताउनुभयो ।
त्यसअघि सो विद्यालयमा शिक्षक तेज बहादुर चन्दले प्राधानाध्यापकको कामकाज गर्दै आउनु भएको थियो । साथै तिन महिना निमित्त प्र.अ हरिश कुमार ठगुन्नाले समेत काम गर्नुभएको थियो ।