बैतडीको पाटन नगरपालिका –८ मा चितुवाको आतंक

बैतडी-पछिल्लो समय बैतडीको पाटनमा चितुवकाको आतंक बढ्दै गएको छ । पाटन नगरपालिका –८ का विभिन्न स्थानमा चितुवाले आतंक मच्चाउन थालेको स्थानीय हरुले वताउनुभयो ।

किसानहरुले पालेका पशुचौपाया चितुवाले खान थालेपछि यहाँका किसानहरु चिन्तित बनेका वडा अध्यक्ष हरिश बिष्टले बताउनुभयो । सोमबार राति स्थानीय सुरेश बिष्टको गोठमा पसेर चितुवाले तीनओटा बाख्रा मारेको वडा अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

गाई, बाख्रा लगायतका पशुचौपाया बाँधेको गोठमा चितुवा पसेर क्षति पुर्याएको उनले बताबताउनुभयो । गोठभित्रै तीनओटा बाख्रा चितुवाले मारेपछि किसानहरु त्रसित बनेका बताइएको छ ।

दिनहुँजसो चितुवाले पशुचौपायामा क्षति पुर्याउने गरेको वडा अध्यक्ष बिष्टले बताए । चितुवाले घरपालुवा पशुचौपायामा क्षति पुर्याउन थालेपछि नियन्त्रणका लागि डिभिजन वन कार्यालयसंग समन्वय भइरहेको वडा अध्यक्ष बिष्टले बताए ।

यस्तै पाटन नगरपालिकाका अन्य वडाहरुमा समेत चितुवाले घरपालुवा पशुचौपायमा क्षति पुर्याएको स्थानीयहरुले बताएका छन्।

Leave A Reply

Your email address will not be published.