बैतडीको पञ्चेश्वरमा निःशुल्क आँखा शल्यक्रिया शिविर सुरु

बैतडी : पञ्चेश्वरमा आजबाट दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सुरु भएको छ। कुलाउ स्वास्थ्य चौकी पञ्चेश्वर–०३ मा शिविरमा सञ्चालन भएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो।

च्यारिटि हेल्थ फाउण्डेशन नेपालको आर्थीक सहयोग र धनगढी नेत्रालय तथा श्रीकृष्ण आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। गाउँपालिका अध्यक्ष चन्दको अध्यक्षता, धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यमा शिविर उद्घाटन गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो।

यसैगरी उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भट्ट बिशिष्ट अतिथि र वडाध्यक्षहरु र शिविरमा आएका डक्टरहरु अतिथि रहेका थिए। शिविरमा वडा न ५ र ६ का नागरीकको सयुक्त आखाँ जाँच तथा अपरेशन र चस्मा वितरण हुने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.