पत्रकार पन्तले जन्मदिनको अवसरमा वितरण गरे शैक्षिक सामग्री

बैतडी-बैतडीको एक बिद्यालयका विद्यार्थीहरु लाई पत्रकार गोविन्द पन्तले जन्मदिनको अवसर मा शैक्षिक सामग्री वितरण गरेका छन । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ स्थित श्री सिगास माध्यमिक विद्यालय गौरी शंकर पोखरीका विद्यार्थीहरु लाई पत्रकार पन्तले जन्म दिनको अवसर पारि एक कार्यक्रम का बीच बिद्यालय का उत्कृष्ट तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो ।

विद्यार्थीहरु लाई हौसला प्रदान गर्न र जेहेन्दार विद्यार्थी हरुलाई केही राहत होस भन्ने हेतुले सिगास माध्यमिक विद्यालय गौरी शंकर पोखरीमा अध्ययनरत शिशु कक्षा देखि कक्षा १२ सम्मका उत्कृष्ट र विपन्न २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक नवराज भट्टले बताउनुभयो ।

पछिल्लो समय जन्म दिनको नाममा भड्किलो परम्परा संगै विदेशी संस्कृति बढिरहेकाले यसलाई भड्किलो नबनाई सामाजिक सास्कृतिक र परम्परागत रुपमा अघि सार्नु पर्ने सन्देश दिन आफुले जन्म दिन विद्यार्थी संग बिद्यालय मा मनाएको पत्रकार पन्तको भनाइ रहेको छ ।

विद्यालयमा स्वयम् उपस्थित हुँदै जन्म दिन मनाएका पन्तलाई शुभकामना संगै धन्यवाद दिदै विद्यालय परिवारले विद्यार्थीहरुलाई हौसला र शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न अभिभावक बाट यस्ता क्रियाकलाप गर्नु पर्नेमा जोड दिएको छ।

प्रत्येक वर्ष विद्यार्थी संगै जन्म दिन मनाउदै आएका पन्तले अघिल्लो वर्ष पाटन नगरपालिका वडा नम्बर ३ मा पर्ने श्री शिगास आधारभुत विद्यालय गुङडा र श्री गुजर माद्यामिक बिद्यालयका विद्यार्थीहरुलाई केही नगद रकम सहित शैक्षिक सामग्री वितरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.