बैतडीको पञ्चेश्वरमा दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न

बैतडी : पञ्चेश्वरमा दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ। कुलाउ स्वास्थ्य चौकी पञ्चेश्वर–०३ मा सञ्चालन गरिएको शिविरमा १३३ जनाले आँखाको शल्यक्रिया गराएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो।

शिविरबाट करिब ४०० बढि नागरीकले परामर्श सेवा लिनुभएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिनुभयो। च्यारिटि हेल्थ फाउण्डेशन नेपालको आर्थीक सहयोग र धनगढी नेत्रालय तथा श्रीकृष्ण आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

गाउँपालिका अध्यक्ष चन्दको अध्यक्षता, धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यमा बिहीबार शिविर उद्घाटन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.