आज आईपीएल क्रिकेटमा पञ्जाब र मुम्बई खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स खेल्दैछन्। खेल नेपाली समयअनुसार वेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ।

पञ्जाब र मुम्बई यसअघि नै प्लेअफमा पुगिसकेका छन्। पञ्जाब १३ खेलमा १७ अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ। समान खेलमा १६ अङ्कसहित मुम्बई चौंथो स्थानमा छ।

हिजो भएका खेलमा चेन्नई सुपर किङ्गसले गुजरात टाइटन्सलाई ८३ रनले र सनराइजर्स हैदराबादले कोलकातालाई एक सय १० को फराकिलो रनले हरायो। आईपीएलको लिग चरणको अन्तिम खेलमा भोलि लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल हुनेछ।

Leave A Reply

Your email address will not be published.