भूमि आयोग बैतडीद्वारा पञ्चेश्वरमा जग्गा छुट्याउने काम सुरु

बैतडीको पञ्चेश्वर गाउँपालिकाले अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गा छुट्याउने काम सुरु गर्ने तयारी गरेको छ। बुधबार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको ब्यवस्थापनका लागि जग्गा नाचजाँच तथा परिचयात्मक कार्यक्रम मार्फत सो कुराको जानकारी गरिएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो।

गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षता एवं भूमि समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेश दत्त पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो। यसैगरी गाउँपालिका उपाध्यक्ष विना भट्ट, भूमि आयोग बैतडीका विज्ञ सदस्य जगदिश नायक, वि.अ. नरी लुहार, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, भूमि शाखा प्रमुख, आयोगका जिल्ला नापी टोली प्रमुख लगायत सर्वेक्षक, अमिन एवं सरोकारवालाको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको भूमि आयोग बैतडीका अध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो।

भूमि समस्या समाधान आयोगको वडा तथा पालिका सहजीकरण समिति एवं कार्यपालिकाबाट प्रमाणीकरण भैसकेका वडा नं ०१ लगायतका वडाहरूमा भोली गणतन्त्र दिवसको अवसरमा जग्गा छुट्याउने गरि अन्तरक्रिया गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो। प्रती जग्गा, पानीपधेरो, सार्वजनिक जग्गा, बन क्षेत्र आदी छुट्याउने काम गर्ने गरी काम गरिने आयोगका विज्ञ सदस्य जगदिश सिंह नायकले बताउनुभयो। नापी टोली प्रमुख कृष्ण भण्डारीले कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिहरूलाई टिएस मेशिनहरूको अवलोकन र जानकारी गराई प्रशिक्षण दिनुभएको थियो।

Leave A Reply

Your email address will not be published.