पुर्चौडीका नरसिंह महराको रुखबाट लडेर मृत्युु

बैतडी-बैतडीमा रुखबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर -१० बिजयपूर महरागाउँ (मछाईन) बस्ने ८२ वर्षीय नरसिंह महराको रुखबाट खसेर ज्यान गएको मृतकका नातिनी हजारी महराले जानकारी दिनुभयो । स्याउला काट्ने क्रममा (हिजो) बुधवार विहान १० बजेतिर रुखबाट लडेर घटनास्थलमै उहाँको ज्यान गएको बताइएको छ ।

मृतक महराका छोराको केहि वर्ष पहिलेनै भारतमा मृत्यु भएको थियो । मजदुरी र खेतीपाती गरेर परिवार पाल्दै आएका महराको निधन भएपछि सिंगो महरागाउँ शोकमग्न बनेको छ ।

Leave A Reply

Your email address will not be published.