बैतडीको सुर्नयामा मिनि ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। धनगढीबाट सुर्नया-५ रौलेश्वर आएको सुपप्र ०१ ००१ क १८१३ नम्बरको मिनिट्रक शुक्रबार राती ९:२० बजे सामान अनलोड गर्नको लागि ब्याक गर्ने क्रममा पैदल यात्री ८२ वर्षका महाबिर बिष्ट गम्भीर घाइते भएका थिए।
घाइते भएको तत्कालै उपचार गर्न धनगढी लैजाने क्रममा बाटोमै ९:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक बल्देव बडूले जानकारी दिए। मिनि ट्रक चालक सुर्नया-२ का ३१ वर्षका मान सिङ बिष्ट र ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।