अजयमेरुमा मेलमिलापकर्ताहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

बैतडी-डडेल्धुराको अजयमेरु गाउँपालिकामा मेलमिलापकर्ताहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
न्यायिक समितिको क्षेत्राधिकार भित्रका मेलमिलाप गर्न सकिने विवादहरूको समाधानका लागि नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरुलाई अभिमुखीकरण गरिएको हो।

वकिल झकर कुवरले मेलमिलापकर्ताहरुलाई न्यायिक समितिको क्षेत्राधिकार, निरूपण र मेलमिलाप गर्न सकिने विवादका विषयमा प्रशिक्षण दिएको गाउँपालिका उपाध्यक्ष बसन्ती पालले बताईन ।

उहाँले मेलमिलापकर्ताले पालना गर्नुपर्ने आचारसंहिता र प्रतिवद्धताका बारेमा पनि जानकारी दिनुभएको थियो। कार्यक्रममा सहभागीहरूले मेलमिलाप प्रक्रिया गर्दा भोगेका समस्याहरू र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए

Leave A Reply

Your email address will not be published.