मेलौलीमा आरआर टी व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखिकरण सम्पन्न

बैतडी : मेलौलीमा आरआर टी व्यवस्थापन सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। मेलौली नगरपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

पालिकास्तरीय द्रुर्त प्रतिकार्य टोलीको माहामारी सम्बन्धी पूर्व तयारीका बारेमा अभिमुखिकरण गरिएको स्वास्थ्य तथा सरसफाई शाखा संयोजक मोहन सिंह भाटले बताउनुभयो। स्थानीय तह बिपद व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख भिम बहादुर चन्दको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ।

कार्यक्रममा विपद आउनुपूर्व र आएपश्चात गरिने बिभिन्न तयारीका बारेमा छलफल गरिएको थियो। प्रकोप, जोखिम, सङ्कटाभिमुखता विश्लेषण, खाद्यान्न तथा औषधीको सञ्चय, उद्धार तथा राहत सामग्रीको व्यवस्थापन, उद्धार तथा राहतका लागि अभ्यास र पूर्व-सूचना तथा सुरक्षित स्थानान्तरण लगायत बिभिन्न बिषयमा छलफल गरिएको स्वास्थ्य तथा सरसफाई शाखा संयोजक भाटले बताउनुभयो।

कार्यक्रमकै अवसरमा नगरपालिकाबाट विपदका बेला स्वास्थ्यकर्मीलाई चाहिने बिभिन्न सामग्रीहरुको माग गरिएको छ। प्रमुख प्रशासकिय अधिकृत र नगर प्रमुखले स्वास्थ्यकर्मीका मागहरु केहि दिनमै आउने निति तथा कार्यक्रमहरुमा समेट्ने बताउनुभयो।

अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्यकर्मी, मेलौली नगरपालिकाका सबै वडाका स्वास्थ्यकर्मी, नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजक लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.