बैतडीमा लागूऔषध चरेससहित दुईजना पक्राउ

बैतडी : लागूऔषध चरेससहित बैतडीमा दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका ४ का ३७ वर्षीय सुधिर पौडेल र पाटन नगरपालिका ६ का २४ वर्षीय किशोर चन्द रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय पाटनको प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोलीले उनीहरू दुबैजनालाई राति ११ बजे पाटन नगरपालिका ६ सेल्फीडाँडास्थित दशरथचन्द राजमार्गबाट पक्राउ गरिएको हो। प्रहरी निरीक्षक साउँद नेतृत्वको टोलीले गस्तीको क्रममा शंका लागेर चेकजाँच गर्दा पौडेलको साथबाट ९।४६ र चन्दको साथबाट ७।८३ गरेर १७।२९ ग्राम चरेस बरामद गरेको हो।

पक्राउ परेका दुबैजनामााथि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.