भरतपुर मावि गाउँकोटका शिक्षक चन्दको ४१ वर्षे शिक्षण पेसासगैं भब्य विदाई

बैतडी : मेलौली नगरपालिका–०७ गाउँकोटका प्रेम बहादुर चन्दको ४१ वर्षे शिक्षण पेसासगैं विदाई गरिएको छ। गाउँकोटमै रहेको भरतपुर माध्यमिक विद्यालयमा करिब ४१ वर्ष शिक्षण सेवा गरेका चन्दको अनिवार्य अवकास पछि विदाई गरिएको वडास्तरीय खेलकुद विकास समिति अध्यक्ष बिरेन्द्र चन्दले जानकारी दिनुभयो।

आईतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि चन्दको विदाई गरेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष राज बहादुर चन्दको सभाध्यक्षता तथा कार्यपालिका सदस्य पार्वती ओझाको प्रमुख आथित्यमा जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुले बाक्लो उपस्थितिमा विदाई गरिएको विद्यालयले जनाएको छ।

विःस २०४१ सालदेखी चन्दले भरतपुरमै करिब ४१ वर्ष शिक्षण सेवा गर्नुभएको थियो। २७ वर्ष प्रधानाध्यापकको रुपमा र बाकि शिक्षकको रुपमा सेवा गरेका शिक्षक चन्दले विद्यालयको शैक्षिक प्रगतीमा महत्वपूर्ण भुमिका खेल्नुभएको थियो। चन्दको विदाईमा सांस्कृतिक कार्यक्रमसगैँ फुलमाला अबिर र खादा ओढाई सम्मान गरिएको जनाईएको छ। विदाई कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थी, शिक्षक अभिभावक सघंका अध्यक्ष दानी चन्द र अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो।

विद्यालयको प्राङ्गणदेखी उहाँको घरसम्म बाजाँगाजाँको साथमा बिदाई गरिएको जनाईएको छ। चन्दको बिदाईमा सबै भावुक बनेका थिए।

विदाई समारोहमा बोल्दै शिक्षक चन्दले आफ्नो सेवा अवकाससगैं विद्यालयलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा साथ सहयोग गरिरहने बताएका थिए।

Leave A Reply

Your email address will not be published.