बैतडीमा जिप दुर्घटना, चालकले हाम फालेर ज्यान जोगाए

बैतडीमा जिप दुर्घटना भएको छ। अत्तरियाबाट सुइलेकतर्फ गइरहेको सुप प्र ०१००१ च ३४७५ महेन्दा बोलेरो पिकअप जिप पुर्चौडी ६ मुडेलीधार भिडेखोलास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो।

दुर्घटनाग्रस्त जिपमा चालक बझाङ बित्थड २ का हरिस बहादुर खड्का मात्रै रहेका र उनले हाम फालेर ज्यान जोगाएका छन्।

किराना सामान बोकी गइरहेको अवस्थामा उकालोमा चढ्न नसकेर ब्याक हुदा जिप ५०० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो। जिप चालक फरार रहेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.