कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

कैलाली-कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

सर्पको टोकाइबाट गोदावरी नगरपालिका–९ बल्मीका ५ वर्षीया रितु भाटको मृत्यु भएको हो। रितुलाई बुधवार राती आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो।

उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.