दिपक राज दिर्घायु
बैसाख ०६ मगंलबार,२०७९
बैतडी–यत्रतत्र अवस्थामा फ्याकिएका मदिराका बोतलहरु हटाउन मदिरा ब्यापारिहरुलाई मेलौली नगरपालीकाले निर्देशन दिएको छ । आफ्नो घर अथवा पसल अगाढि पछाडि असुरक्षित रुपमा बोतलहरु नराख्न र जथाभाबि फ्याकिएका बोतलहरु हटाउन निर्देशन दिएको हो ।
निमार्ण भएको मेलौली बसपार्क सञ्चालनको तयारिमा रहेकाले बसपार्क जाने बाटोको छेउमा अब्यवस्थित रुपमा राखिएका गिट्टी र ढुङ्गाहरु समेत दुई दिनभित्र हटाउन सम्बन्धित ब्यक्तिहरुलाई नगरपालीकाले निर्देशन दिएको हो।
नगरपालीकाले दिएको निर्देशन कार्यान्वयन नगरेमा बाटो सफा गर्दा गिट्टी र ढुङ्गाहरु नष्ट हुने कुरा निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्द र नगर प्रमुख कृष्ण सिह नायकद्धारा जारि गरिएको सुचनामा भनिएको छ ।
आजै नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवशरमा मेलौली नगर कार्य समितिले मेलौली नगरपालीकालाई फोहरमैला ब्यवस्थापको लागि डम्पीङ साइड बनाउन ध्यानाकर्षण पत्र बुझाएको थियो।
नगर सभापति बिजय पोखरेलद्धारा जारि गरिएको ध्यानाकर्षण पत्र मार्फत हरिपुर बजारको वरिपरि रक्सीका बोतल तथा पेटिहरु यत्रतत्र छरिएर रहेको अवस्थामा बिद्यार्थीहरुलाई बिद्यालय आवत जावत गर्दा कठिनाई भएको र पर्यावरणमा समेत पुर्ण रुपमा असर परेकाले यसको ब्यवस्थापनको लागी नगरपालीकालाई ध्यानाकर्षण पत्र बुझाईएको थियो ।
नगरपालीकाद्धारा जारि गरिएको सुचना !
