बैतडीमा ट्याक्टर दुर्घटना,चालक घाईते

जिल्लाको पाटन नगरपालिका–६ वेडौती नजिक भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो। बुधवार ट्याक्टर दुर्घटना हुदा चालक ३० वर्षिय पोखीराम चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए। चालकको अवस्था सामान्य रहेको र उपचारको लागी पाटन ल्याउने तयारी भइरहेको निरीक्षक बडुले बताए।

ट्याक्टर सडकबाट करीब ६५–७० मिटर तल खसेको छ। दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.