मेलौलीमा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

बैतडी-बैतडीको मेलौलीमा आधारभूत मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न भएको छ ।असार,३ गते विशालपुर मावि विशालपुर बाट सुरु भएको यो अभियान आज(शुक्रबार) वडा नम्वर.२ स्थित धर्मघर मावि सलेनामा पुगेर कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ४ दिने कार्यक्रम सम्पन्न भएको शिक्षा युवा तथा खेलकुद शाखाको प्रमुख मनु कुमारी क्षेत्रीले बताउनुभयो ।बढ्दो आत्महत्या न्यूनीकरणका लागि विद्यालयमा मनोसामाजिक परामर्श दिईएको् हो । पालिकाका विभिन्न विद्यालय छनोट गरेर विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक र अभिभावकहरुलाई मनोसामाजिक परामर्श दिएको शाखा प्रमुख क्षेत्रीले बताउनुभयो ।

सामुदायिक विद्यालयमा मानसिक तथा मनोसामाजिक स्वास्थ्यको प्रवद्र्धन र समस्या पहिचान तथा परामर्श गर्न सहयोग गर्ने उद्देश्यले मनोसामाजिक परामर्श निरन्तर दिइने बताइएको छ ।

मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द(भुकम्प)ले समाजमा कुनै पनि नागरिकको अकालमा मृत्यु नहोस् भन्नेतर्फ स्थानीय सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो ।चन्दले भने, ’हाम्रो अहिलेको प्रमुख दायित्व भनेको नागरिकको जीवन रक्षा गर्ने हो । नागरिकको जीवन रक्षाको लागि हामी निरन्तर प्रतिवद्ध रहँदै आएका छौं ।’

मेलौली नगरपालिकाका नगर उपप्रमुख पार्वती बोहरा विष्टले पछिल्लो समय तनाव व्यवस्थापन गर्न नसक्दा अन्तिम उपायका रुपमा देहत्याग नै गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न मनोसामाजिक परामर्श दिने काम नगरपालिकाबाट भइरहेको बताइन् ।

सामाजिक अपमान, साथीभाईसँगको झगडा, प्रेममा असफता, लागूऔषध दुव्र्यसन, मानसिक समस्या पारिवारिक कलह, घरेलु हिंसा जस्ता विभिन्न विषय नै आत्महत्याका कारण हुन सक्ने सहभागीहरुले बताएका छन ।

मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग सम्बन्धी आधारभूत अवधारणा, मनोसामाजिक समस्या, परामर्श प्रक्रिया, सञ्चारका सीप, आत्म–चिनारी, सहयोग संयन्त्र, समूह व्यवस्थापन र आगामी कार्य योजना निर्माण सम्बन्धी विषयवस्तुमा उल्लेखनिय ज्ञान र सीप प्राप्त भएको सहभागीहरुको भनाई छ ।

विद्यार्थीहरुलाई किशोर किशोरीमा देखिने मनोसमाजिक समस्या के हो समस्याको लक्षण न्युनिकरणको उपाय तनाव र रिस व्यवस्थापनको विषयमा मनोविद् डक्टर नरेन्द्र सिंह ठगुन्नाले सहजिकरण गर्नुभएको थियो ।पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दो छ ।

Leave A Reply

Your email address will not be published.