सुदूरपश्चिममा आज ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

सुदूरपश्चिममा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। अहिले सुदूरपश्चिमका जिल्लाहरुमा हल्कादेखि मध्यम बर्षा भइरहको र दिउँसो ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्।

अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएराति ललितपुरको टिकाथली, गोदावरी, खुमलटार र काठमाण्डौको बुढानिलकण्ठ तथा सिन्धुपाल्चोक क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ।

बाढी पूर्वानुमान महाशाखाले ठूलो पानी परेका ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ। भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम उच्च भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.