बैतडी : मेलौली नगरपालिका–०१ राहुँल ढुङ्गाका गणेश दयाल सम्मानीत भएका छन। साहित्यकार कर्ण दयाल सोराडीले उनलाई सम्मान गरेका हुन।
यस क्षेत्रको भाषा संस्कृति र लोक साहित्य उन्नयनमा निरन्तर कलम चलाएर नयाँ पुस्तालाई जोश जाँगर र प्रेरणा प्रदान गरेको भनी सम्मान गरिएको साहित्यकार दयालले बताउनुभयो। विहीवार मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द र समाजसेबी भानी दयालसहितको उपस्थितिमा दयाललाई सम्मान गरिएको हो।
साहित्यकार दयालले सुदूरपश्चिमाञ्चल साहित्य समाजबाट आफुले प्राप्त गरेको पुरुस्कार राशिबाट १० प्रतिसत नगदसहित सम्मान गरेका हुन। सम्मानीत हुने दयालले सुदूरको संस्कृति संरक्षमा ठुलो भुमिका खेलेका छन। उनका केहि संस्कृति र साहित्यप्रति समर्पित पुस्तकहरु बजारमा रहेका छन।
