बैतडी: गृहमन्त्री रमेश लेखक आज बैतडी आउने कार्यक्रम रहेको छ। लेखक पुख्र्यौली घर बैतडीमा पारिवारिक र धार्मिक कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव जनक भट्टले बताए।
मन्त्री लेखक बुधबार साँझ बैतडी पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए। बैतडीमा रहँदा उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।
मन्त्री लेखकको सहभागितामा आज साँझ ५ बजे पाटनमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको सभापति चन्दले बताए। यस्तै मन्त्री लेखकको सहभागितामा बिहीबार बिहान ८ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय गोठलापानीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ।
मन्त्री लेखकले प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको बताइएको छ।
