सरकारले केही गर्न सकेको छैन् भन्ने भाष्य गलत: उद्योग मन्त्री भण्डारी

बैतडी: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनआकांक्षा पूरा गर्न सरकार लागिपरेको बताएका छन्। दोगडाकेदार गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी घोषणा समारोहमा बोल्दै उनले वर्तमान सरकारले केही गर्न सकेको छैन भन्ने भाष्य गलत रहेको बताए। उनले भने, ‘वर्तमान सरकार जनआकांक्षा पूरा गर्न सरकार लागिपरेको छ। केही पनि भएको छैन भन्ने भाष्य गलत हो।’

स्वदेशमै रोजगारीका प्रशस्त सम्भावना रहेको बताउँदै मन्त्री भण्डारीले त्यस्ता सम्भावनाहरुको खोजी गरी उद्यमी बन्नुपर्नेमा जोड दि । यो क्षेत्रमा सरकारले सहयोग गर्ने उनले बताए।

नेपालमा खानी,खनिज,जडीबुटी,कृषिमा सम्भावना रहेको बताउदै उनले नेपालमै रोजगारीका अवसर रहेका दाबी गरे। उनले भने, ‘यहाँ रहेका खानीहरूको परीक्षण, उत्खनन र उपभोगका लागि सरकार लागेको छ। त्यसपछि रोजगारी पनि सिर्जना हुन्छ।’

उक्त समारोहमा बोल्दै दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले स्वास्थ्य र शिक्षा क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए।

गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले महिला र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन्। महिला, दलित, बालबालिका लगायतका लक्षित समुदायको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन पालिका सरकारले लागेको उनको भनाइ छ।

Leave A Reply

Your email address will not be published.