बैतडी: सुर्नया गाउँपालिका–८ सेला स्थित गणेश आधारभुत विद्यालयमा पहिरोले क्षति पुर्याएको छ। विद्यालय भवनमाथी खसेको पहिरोले भवनमा क्षति पुर्याएको शिक्षक प्रताप सिंह मडैले जानकारी दिए। छत पहिरोले पुरिएको र दुबै कोठामा लेदो भरिएकाले पठनपाठनमा समस्या भएको उनले बताउनुभयो।
यस्तै सुर्नया गाउँपालिका ७ को वडाकार्यालय भवन पहिरोको उच्च जोखीममा परेको छ। वडा कार्यालय भवन क्षति पुर्याउने जोखीम बढेपछि नजिकै रहेको भुवनेश्वर माविको खालि चौरमा सारीएको वडाअध्यक्ष भक्तबहादुर कुवँरले जानकारी दिनुभयो।
यस्तै सुर्नया गाउँपालिका–७ को वडा कार्यालय भवन पहिरोको जोखीममा परेको छ। आँगनबाट पहिरो खसेपछि वडा कार्यालय भवन पहिरोको जोखीममा परेको वडाअध्यक्ष भक्तबहादुर कुवँरले बताउनुभयो। वडा कार्यालयको आंगन अगाडीबाट खसेको पहिरोको कारण विद्यालयको चारकोठे भवन जोखिममा परेको विद्यालयका शिक्षक उत्तमबहादुर कुँवरले बताउनुभयो।
माथिबाट खसेको पहिरोले विद्यालयका चारओटा कोठामा लेदो भरिएको शिक्षक कुँवरले बताउनुभयो। पहिरोले कक्षाकोठामा केही क्षति पुगेको उनले बताए । पहिरो खसेपछि विद्यालय भवनका कोठाभित्र जानै मुस्किल भएको छ।