बैतडी : नेपाल रेडक्रस सोसाइटी बैतडी जिल्ला शाखाको ४१ औं जिल्ला साधारणसभा सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमका बिच ४१ औं जिल्ला साधारणसभा सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाइटी बैतडी जिल्ला शाखका सभापति बिष्णु दत्त अवस्थीको अध्यक्षता तथा समन्वय प्रमुख खगेन्द्रसिह धामीको प्रमुख अतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको नेपाल रेडक्रस सोसाइटी बैतडी शाखाका मन्त्री रमेशसिह भण्डारीले बताउनुभयो। यसैगरी प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेल बिशिष्ट अतिथि रहनुभएको थियो।
साधारणसभामा जिल्ला भरिका २३ उपशाखाहरु मध्ये २० उपशाखाहरु उपस्थित भएका थिए। साधारणसभामा सांगठनिक प्रतिबेदन शाखाका मन्त्री रमेश सिह भण्डारीले र आर्थिक प्रतिबेदन शाखाका उपकोषाध्यक्ष शुदर्शन लेखकले प्रस्तुत गर्नुभएको जनाईएको छ।
कार्यक्रममा जिल्ला शाखाका पदाधिकारीहरु, सदस्यहरु, जुरेस र युरेसको पनि उपस्थिति रहेको थियो।