बैतडीको मेलौलीमा भोली नगरस्तरीय “युवा लक्षित” अन्तरक्रिया हुदैं

बैतडी : मेलौलीमा भोली नगरस्तरीय “युवा लक्षित कार्यक्रम र लगानी” बिषयमा अन्तरक्रिया हुने भएको छ। नगरपालिकाको सभाहलमा बिहान ११ बजेदेखी अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने जनाईएको छ।

आर्थीक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक विकास कार्यक्रम अनुसार अन्तरक्रिया हुने शिक्षा युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर महेन्द्रसिंह नायकले बताउनुभयो। युवाहरुको नेतृत्व तथा क्षमता विकास कार्यक्रम अनुसार अन्तरक्रिया हुने नायकले जानकारी दिनुभयो।

नगरपालिकाको आयोजनामा “युवामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ कार्यक्रम सञ्चलान हुने जनाईएको छ। अन्तरक्रियामा प्रत्येक वडाका युवा क्लबका सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

यसैगरी अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, सम्पूर्ण वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, ईलाका प्रहरी कार्यालयका पदाधिकारी, नगरस्तरीय युवा सञ्जालका सदस्यहरु, नमुना युवा संसदका पदाधिकारी र पत्रकारहरुको उपस्थिति रहने नगरपालिकाले जनाएको छ।

May be an image of text

Leave A Reply

Your email address will not be published.