बैतडी : मेलौली नगरपालिका–०८ कोटिगाउँमा स्टेचर वितरण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा कमिटीले कोटिगाउँका पाचँ टोलमा स्टेचर वितरण गरेको हो।
रास्वपा सर्मर्थीत देश तथा बिदेशमा रहेका युवाहरुको सहयोगमा स्टेचर वितरण गरिएको वडा सभापती विश्राम सिंह ठगुन्नाले बताउनुभयो। विपदको समयमा र आकस्मिक कोहि विरामी परेको समयमा सडकसम्म पुर्याउज सहज होस भन्ने उदेश्यका साथ स्टेचर वितरण गरिएको वडा सभापती ठगुन्नाले जानकारी दिनुभयो।
कोटिगाउँका पाचँ टोलहरु ल्वास तल्लागाउँ टोल, गाउँटोल, नयाँ टोल, गौरी टोल र जमाडी टोलमा एउटा/एउटा स्टेचर वितरण गरिएको हो। स्टेचर वितरण भईसकेपछि सडकसम्म पुग्नु आधा एकघण्टा लाग्ने ठाउँका बासिन्दालाई सहज हुने अपेक्षा गरिएको वडा कमिटी सदस्य भिम बिष्टले जानकारी दिनुभयो।