बैतडीमा भिरबाट लडेर एक जना वृद्धा गम्भिर घाइते भएकी छिन्। पाटन नगरपालिका–८ रिसेडीकी ६९ वर्षीया गौरा मडै भिरबाट लडेर गम्भिर घाइते भएकी हुन्।
आइतबार मध्याह्न १२ बजेतिर बाख्रा चराउने क्रममा मडै स्थानीय खैर्या भिरबाट लडेर गम्भिर घाइते भएकी पाटन नगरपालिका–८ का वडासदस्य कृष्ण महराले जानकारी दिए। मडैको टाउको र शरिरका विभिन्न भागमा गम्भिर चोट रहेको उनले बताए ।
घाइते मडैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। डडेल्धुरा अस्पतालले थप उपचारका लागि धनगढी रिफर गरेको वडासदस्य महराले जानकारी दिए ।