सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐनको विरोध गर्दै आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित भएको छ। आइतबार सरकारले गठन गरेको कार्यदल र स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिबीच दुई बुँदे सहमतिपछि आन्दोलन स्थगित भएको हो।
प्रदेशभरी स्थानीय स्वास्थ्य सेवा अन्तर्गत रहेका सबै कर्मचारीहरुको वृति विकासमा न्यायोचित समानता कायम हुने गरी संघर्ष समितिका कानुन सम्मत र उचित मागहरु सम्बोधनका लागि सुदूरपश्चिम प्रदेश स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐनको संशोधन मस्यौदा तयार गर्ने र संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेर सेवा प्रवाह सुचारु गर्ने सहमति भएको स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिका संयोजक राजेन्द्रसिंह साउँदले बताए।
कार्यदलसंग भएको सहमति अनुसार आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर कार्यक्षेत्रमा सेवा सुचारु भएको उनले बताए। सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐनमा विभेद गरेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए। उनीहरु आकस्मिक बाहेकका सेवा ठप्पा पारेर आन्दोलनमा उत्रेपछि सरकारले गठन गरेको कार्यदल र संघर्ष समितिले सहमति गरेको हो।
