बैतडीकी लक्ष्मी सार्कीको देउडा ठाडीभाका “बाबाकी सोराई” चर्चामा

बैतडी : भाईरल लक्ष्मी सार्कीले गाएको देउडा ठाडीभाका “बाबाकी सोराई” चर्चामा रहेको छ। पञ्चेश्वर गाउँपालिका–१, सुन्तोला बैतडीकी सार्कीको देउडा ठाडीभाका निकै लोकप्रिय भईरहेको छ।

बाबाप्रति समर्पित गरिएको देउडा ठाडीभाका टिकटक र फेसबुक रिल्समा लोकप्रिय भईरहेको छ। दुर्गमा ठाउबाट उदाएकी सार्कीको पहिलो प्रस्तुतीले सफलताको शिखर चुमिरहेको छ।

गितमा सुदूरको मौलिक संस्कृति झल्कीएको छ। शब्द/संगित/लय र गायनको धेरैले प्रशंसा गरिरहेका छन। लोक तथा देउडा गायक जयराज भट्ट र गायिका सार्कीको शब्द रहेको गितमा लय भने सार्कीकै रहेको छ।

महक रेकर्डिङ स्टुटियोमा रेकर्ड गरिएको गितलाई हेमराज डाँगीले एरेन्ज गरेका हुन। गितको भिडियोमा गायिका सार्की स्वंयमले सुन्दर अभिनय गरेकी छिन।

गितलाई माया गरिदिन र आवश्यक सुझाव दिन आग्रह गरिएको छ।

गित सुन्न र भिडियो हेर्न तलको लिकंमा क्लीक गर्नुहोला।

Leave A Reply

Your email address will not be published.