बैतडी : युवाहरुले शिवकेदार मन्दिरमा भजन कीर्तनका सामग्रीहरु जुटाएका छन। मेलौली नगरपालिका–०९ मा रहेको शिवकेदार मन्दिरमा भजन कीर्तनका सामग्रीहरु जुटाएका हुन।
स्थानीय अभियान्ता महेन्द्र भट्ट (भिम) को अगुवाईमा आर्थीक संकलन गरेर भजन कीर्तनका सामग्रीहरु खरिद गरिएको हो। देश तथा बिदेशमा रहेका नेपालीहरुबाट आर्थीक संकलन गरेर सामग्रीहरु खरिद गरिएको अभियान्ता भट्टले जानकारी दिएका छन।
शिवकेदार मन्दिरमा असोज र चैत्र माहिनाको नवरात्रामा पुजापाठ हुन्छ। मन्दिरमा हुने पुजापाठ र अन्य धार्मीक कार्यको समयमा भजन कीर्तन गर्न भजन कीर्तनका सामग्री खरिद गरिएको अभियान्ता भट्टले बताउनुभयो।
भजन कीर्तनका सामग्रीमा हार्मोनीयम, ढोलक, तवला, चिम्टी, झ्याली र डिजे लगायत १६/१७ किसीमका सामग्रीहरु खरिद गरिएको छ। सामग्री खरिदमा करिक एक लाखँ दुई हजार रकम खर्च भएको जनाईएको छ। संकलन गरिएको रकमबाट समान खरिद गरेर बाकि रहेको १५ हजार रुपैया मन्दिरका अन्य काममा खर्च हुने अभियान्ता भट्टले बताउनुभयो।
भजन कीर्तनका सामग्रीहरु राख्नको लागि बाकस खरिद गर्न बाकि रहेको छ। अभियानमा सहयोग गर्ने सबै सहयोगि दाताहरुलाई धन्यबाद ज्ञापन गरिएको छ।