बैतडीको दोगडाकेदारमा नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर

बैतडीको दोगडाकेदार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन्। बैतडीको डिलाशैनी गाउँपालिका घर भएका नरेशराज जोशी दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका हुन्।

जोशीलाई केही दिन पहिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो। नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशीलाई सोमबार गाउँपालिकामा स्वागत गरिएको छ।

गाउँपालिकामा हाजिर भएका उनलाई गाउँपालिकका जनप्रतिनिधि र कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेका गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्टले बताए ।

Leave A Reply

Your email address will not be published.