बैतडी-बैतडीको मेलौली नगरपालिकास्थित मणिलेक बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ ।
जिल्ला बन डिभिजन कार्यालय बैतडीले उपलब्ध गराएका १५ प्रजातिका करिब ५०० बढि बोटबिरुवा र स्थानीय गणेश बिष्टले उपलब्ध गराएका ५० बढि बासका बिरुवा लगायत ५५० विरुवा रोपिएको क्याम्पस प्रमुख भगिरथसिह नेगीले बताउनुभयो। क्याम्पसको नवनिर्मित भवन स्थलको ४१ रोपनी जमिन हाताभित्र बोटबिरुवा रोपिएको क्याम्पस प्रमुख नेगीले जानकारी दिनुभयो।
बृक्षारोपण कार्यक्रममा क्याम्पस प्रमुख नेगी, पूर्व क्याम्पस प्रमुख भवानीसिह नायक, उप-प्राध्यापक गगन पाण्डेय, राजेन्द्र बिष्ट, भिम धामी लगायत क्याम्पसका कर्मचारी अन्य कर्मचारी सहभागि भएका थिए।
यसैगरी पूर्व नगर प्रमुख कृष्णसिह नायक, भुमि आयोग बैतडीका बिज्ञ सदस्य जगदिश सिह नायक, मणिलेक माविका शिक्षक, शितलपुर माविका शिक्षक लगायत स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो।
बृक्षारोपण गरिएको ४१ रोपनी जमिनभित्र घेरबारको अभाव रहेकाले सम्बन्धीत निकायको सो बिषयमा ध्यान दिन बृक्षारोपणमा सहभागिहरुले बताएका थिए।